fbpx

“कोभिडले बिगारेको नेपालको पर्यटन विकास”

विश्वका प्रायजस्तो मुलुकहरु विभिन्न क्षेत्रहरूमा अग्रसर छन् । केही मुलुकहरु बिज्ञान र प्रविधिको क्षेत्रमा भने केही मुलुक शैक्षिक क्षेत्रमा अब्बल छन । केही मुलुकहरु स्वास्थ्य उपचारको क्षेत्रमा अगाडी रहेको हामी देख्न सक्छौ । हाम्रो मुलुक नेपाल आकारमा सानो भए पनि निकै सुन्दर र विशाल छ । राष्ट्रिय विभूति पृथ्वीनारायण शाहले भने जस्तै नेपाल ४ वर्ण ३६ जातको साझा फूलबारीका रुपमा पनि परिचित छ । यहाँको प्राकृतिक कुराहरुले जताततै हराभरा छ, हरियो वन नेपालको धन भने जस्तै । एसियाको महादेशमा अवस्थित चीन र भारतको बीचमा रहेको हाम्रो देश नेपाल निकै सुन्दर र प्राकृतिक कुराबाट भरिपूर्ण छ । यहाँको सुन्दरताले गर्दा विभिन्न मुलुकहरुबाट दैनिक लाखौं पर्यटकहरु आउने गर्दछन् । हाम्रो देशको महत्वपूर्ण आर्थिक पाटो भनेकै विदेशी मुद्रा र नागरिकले तिरेको कर नै हो र विभिन्न देशबाट भित्रिएको रेमिटेन्स, राज्यले उठाउने कर नै हो । त्यसैले हाम्रो देश नेपाललाई पर्यटन सम्भावना बोकेको देश भन्दा पनि केहि फरक नपर्ला । विभिन्न नदी, नाला, हिमशिखर, झरना, ताल तलाउ, वनजंगल, वन्यजन्तु आरक्षण केन्द्र आदि जस्ता विभिन्न प्राकृतिक सम्पदाले भरिपूर्ण छ हाम्रो देश नेपाल । विश्वकै अग्लो हिमशिखर सगरमाथाको देश भनेर पनि परिचित छ नेपाल । 

हाम्रो देश नेपालमा २०७२ साल वैशाख १२ गते गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७.८ रिक्टरको विनाशकारी भूकम्प र त्यसपछि छिमेकी मुलुक भारतले गरेको अघोषित नाकाबन्दी अनि लगतैको तराई मधेशको आन्दोलनले मुलुकको अर्थतन्त्रमा नराम्रोसँग असर पु¥यायो । त्यसका साथै पर्यटन विकासमा पनि त्यसको असर रह्यो । विनाशकारी भूकम्पले हाम्रो देशको पुराना संरचना विश्वसम्पदा सूचीकृत स्वयम्भुनाथ, बौद्धनाथ,पशुपतिनाथ, भक्तपुर दरबार क्षेत्र, काठमाडौं दरबार क्षेत्र लगायतमा ठूलो क्षति पुग्यो । यसले देशको पर्यटन विकासलाई निकै ठूलो धक्का दियो । नेपाललाई अन्तर्राष्ट्रिय स्तरबाट निकै ठूलो आर्थिक सहयोग पनि प्राप्त भयो । संयुक्त राष्ट्रसङ्घले हाम्रो देशको क्षति भएको पुरातात्विक संरचनाको निर्माणमा ठूलो सहयोग पुरायो। विपद्को अवस्थामा मुलुकको पर्यटन संरचनालाई पुननिर्माणका लागि सहयोग गर्ने धन्यवाद पात्र हुन् ।

केही वर्षपछि मुलुकको पर्यटन फस्टाउँदै थियो । पर्यटकहरु पनि सुरक्षित महशुस गरेर आउने क्रम जारी रह्यो जसले गर्दा हाम्रो अर्थतन्त्रले पनि निकै राम्रो गति लियो । जसकारण पाँच तारे होटल पनि फस्टाउन थाल्यो । सन् २०१९ को कुरा हो चीनबाट शुरु भएको कोभिड महामारीले विश्व जगतलाई प्रभावित बनायो । यसको असरबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोनाको असरले नेपालको पर्यटन क्षेत्र पनि ध्वस्त भयो । नेपाल भ्रमण वर्ष २०२० ले नेपालको पर्यटन उद्योगलाई थप उचाईमा पुराउने विश्वास लिइएको थियो तर कोभिडको प्रभावले ठूलो नोक्सानी बेहोर्न बाध्य बनायो । २० लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्र्याउने तयारीलाई सार्थक बनाउन दिएन । नेपाल सरकारबाट भएको तयारी बालुवामा पानी झै सीमित भयो । नेपाल प्राकृतिक कुराले भरिपुर्ण भएकाले हाम्रो देशको प्रमुख आधार भनेकै पर्यटन व्यवसाय हो भन्दा फरक नपर्ला । कोरोना महामारीका कारण ठूला होटल पनि प्रभावित भयो । होटल व्यवसायीको रोजगारी गुम्यो । अहिले पनि होटल क्षेत्र जटिल अवस्थामै छ । जस्ले गर्दा अब आउने नयाँ पुस्तालाई रोजगारीका लागि केही समय निकै अप्ठ्यारो पर्ने नै छ । पर्यटनलाई गतिशिलको बाटो तर्फ अगाडी लैजाने हो भने नेपाली आम मानिसमा धैर्यता, सहनशीलता र यस महामारीको बीच स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने अहिलेको आवश्यकता हो । अन्तर्राष्ट्रिय स्तरबाट जति पनि सहयोग आएको छ त्यसलाई शीर्ष व्यक्तित्वहरुले भ्रष्टाचार नगरीकन पर्यटन विकासमा लगानी गर्ने अनि जतिपनि होटल र पर्यटन व्यवसायीले रोजगारी गुमाएका छन् उनीहरुलाई पुनस्र्थापित गर्न सरकारले विशेष ध्यान दिनुपर्ने अहिलेको मुख्य आवश्यकता हो । सबैभन्दा पहिलो कुरा त नेपाल सरकारबाट विशेषगरि होटल क्षेत्रका व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनुपर्छ ।

Bidhan Ranabhat – 22nd Batch

Leave a Reply